गृह पृष्ठ

सीतापाइला र धार्के जोड्ने सडक पुनः १५ दिनका लागि बन्द हुने


२२ कार्तिक २०८१, बिहिबार ००:००


काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने सडक पुनः १५ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको जानकारी दिएको हो । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड यसअघि कात्तिक ४ गतेदेखि बन्द गरिएको थियो ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले कात्तिक २१ गते जारी गरेको पछिल्लो सूचनामा कात्तिक २३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुने उल्लेख छ । यो अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पूर्णरुपमा रोकिने छ । विकल्पको रुपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के–नौबिसे–नागढुंगा सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

याे पनि पढनुहाेसः

काठमाडौं, डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ । बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । तर बालिका त्यसपछि होसमा आइनन् । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीय बासिन्दा र मृतकका आफन्तले चिकित्सकले लापरबाही गरेर उपचार गरेको भन्दै अस्पताल तोडफोडमा उत्रिए । अस्पतालमा थप क्षति हुन नदिन तथा घटनाको अनुसन्धानका लागि प्रहरीले उपचारमा सम्लग्न चिकित्सकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चिकित्सकहरु डा.राजमणि यादव, डा.सुरेन्द्रकुमार चौधरी र डा.अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो ।

हामीले उपचारमा संलग्न चिकित्सकको मेडिकल चेकजाँच गरेका थियौं । तर अल्कोहल सेवन गरिएको देखिएन’, शर्माले भने, ‘अहिले उहाँहरु प्रहरी नियन्त्रणमा हुनुहुन्छ । थप अनुसन्धान भइरहेको छ ।’

आफन्तले भने चिकित्सकको लापबाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालबाट शब उठाउन मानेका छैनन् । मृत्तकका बाबा रोजगारको सिलसिलामा भारत बस्दै आएका छन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. खगेन्द्र बमले घटनाको औपचारिक जानकारी नआएको प्रतिक्रिया दिए ।

प्रकाशित : २२ कार्तिक २०८१, बिहिबार ००:००