काठमाडौं, सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो । शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन ।
‘शव रहेको भन्ने जानकारी आएपछि हाम्रो टोली घटनास्थल गएको छ । अहिलेसम्म शवको पहिचान पनि भएको छैन। घटनास्थल मुचुल्का गरेर शव उठाउने तयारी हुँदैछ,’ एसपी अधिकारीले भनेका छन ।











प्रतिक्रिया