पोखरा महानगरपालिका – ५ जिरो किमि स्थितपामे चापाकोट सुन दुकानमा चोरी भएको छ । अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि चोक नजिकैको पामे चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार पुस १६ गते झन्डै एक लाख मूल्य पर्ने सिक्री चो’री गरी महिला फरार भइन ।
पसल सञ्चालक केशव घतानेले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराए । घतानेले चोरी गरेर भाग्ने महिलाले चोरी गर्दै गरेको र भाग्दै गरेको स्पष्ट देखिने सिसीटिभी फुटेज नै सार्वजनिक गरे ।
तर घटना घटेको चार दिन बित्दा समेत प्रहरीले महिलालाई पक्राउ गर्न सकेन । सिक्री किन्ने बहानामा पसलमा पुगेकी महिलाले सञ्चालक घतानेलाई झुक्क्याएर सिक्री गोजी मा हालेर फरार भएकी थिइन् ।
घटना घटेको ४ दिनसम्म ती महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्तो लागेको छैन । प्रहरीमा खबर गर्दा समेत केही पत्तो नलागे पछि सञ्चालक आफैले सार्वजनिक गरेको सिसीटिभी फुटेज को भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।










प्रतिक्रिया