Breaking News Post

सुबस संगम राईको संयोजकत्वमा १३ सदस्यीय थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन


१९ फाल्गुन २०८१, सोमबार ००:००


सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सुबास संगम राईको संयोजकत्वमा १३ सदस्यीय थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । गाउँपालिका अध्यक्ष असिम राइको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले सुबास संगम राईको संयोजकत्वमा समिति गठन गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान कार्यविधि २०८१ अनुसार पालिका भित्रको भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । कार्यपालिका बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय समेत गरेको बताईएको छ ।

प्रकाशित : १९ फाल्गुन २०८१, सोमबार ००:००