काठमाडौं, आज सेयर बजारको परिसूचक नेप्से ५०.७३ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६३७ अंकमा कायम भयो । आज बजार खुलेको २५ मिनेटमै नेप्से परिसूचक २७३४ अंकसम्म पुगेको थियो । जुन इन्ट्राडे कारोबारको उच्चतम अंक हो ।
दिउँसो २:०५ बजेपछि भने बजारमा बिक्री चाप उच्च हुँदा गिरावट तीव्र देखियो । २:०५ बजेसम्म बजार २६९५ अंकमा हरियो थियो । त्यसपछि ओर्लिएको बजार २६३७ अंकमा झर्यो । यसले अन्तिम एक घण्टामा बिक्रेता हाबी भएको देखाउँछ । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ८ अर्ब १६ करोडको कारोबार भएकोमा आज १० अर्ब ३३ करोडको भएको छ । कुल २४ कम्पनीको मूल्य बढ्दा २१९ को घट्यो भने एकको स्थिर रह्यो ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकमास बैंक २.५१, फाइनान्स ३.५३, होटल तथा पर्यटन ३.६८, हाइड्रोपावर १.४८, लगानी २.८०, जीवन बीमा २.७४, उत्पादन १.७९, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा २.१६, अन्य २.२३ र व्यापार ०.९० प्रतिशत घटेकाे छ ।











प्रतिक्रिया