सोलुखुम्बु, यसअघि नै अध्यक्षको उम्मेदवार घोषणा गरेको नेकपा माओवादी केन्द्रले सोताङ गाउँपालिकाको उपाध्यक्षमा सरस्वती राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । अध्यक्षमा दिपक खड्कालाई उम्मेदवार बनाएको छ । सोताङमा माओवादीले चुनाबी कार्यक्रमलाई तिब्र पारेको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका खड्काले दोस्रो मत ल्याएका थिए । त्यसबेला एमालेका उम्मेदवार वीर बहादुर राई विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा पराजित खड्का नयाँ शक्ति पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचन लड्का थिए ।
कांग्रेसबाट नयाँ शक्ति हुँदै तत्कालिन नेकपा प्रवेश गरेका खड्का अन्तत माओवादी केन्द्रबाट गाउँपालिकाको उम्मेदवार बनेका हुन् । सोताङमा नेपाली कांग्रेसबाट खिलाराज बस्नेत र नेकपा एमालेबाट प्रकाश कार्की पालिका उम्मेदवार बन्दैछन् ।











प्रतिक्रिया