Breaking News Post

सोताङ गाउँपालिकाबाट मालपोत तथा नापी सेवा विस्तार गर्ने अन्तिम चरणमा ।


६ असार २०८२, शुक्रबार ००:००


सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा मालपोत तथा नापी सेवा विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । मिति २०८२ असार ०७ गते जिल्ला प्रशासन कार्यालयमा नापी शाखा प्रमुख,मालपोत साथै जिल्लाका सम्पुर्ण राजनीतिक दल तथा जनप्रतिनिधिहरूको बैठकबाट निर्णय हुँदैछ ।

सेवा प्रवाह आगामी श्रावण महिनादेखि सोताङ गाउँपालिकाबाटै शुरु हुने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङले महाकुलुङ डटकमलाई जानकारी दिनुभयो । मालपोत र नापी सोताङ गाउँपालिकाबाट सुचारु भएपछि महाकुलुङ र सोताङ गाउँपालिकाका जनताले सल्लेरीसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

प्रकाशित : ६ असार २०८२, शुक्रबार ००:००