गृह पृष्ठ

सोताङ र महाकुलुङमा फसेका एक दर्जन बोलेरो तथा सुमो जीप कोशी वारी तारियो


२१ भाद्र २०८०, बिहिबार ००:००


सोलुखुम्बुको कोशीपारीका पालिकाहरु सोताङ र महाकुलुङमा फसेका एक दर्जन बोलेरो तथा सुमो जीप कोशी वारी तारिएको छ । दुधकोशी नदिमा आएको बाढीका कारण दिप्ली घाटको बेलीबृजमा क्षति पुगेपछि कोशीपारी फसेका १२ वटा गाडी तुइनको माध्यमबाट कोशी वारी तार्ने काम सम्पन्न भएको हो ।

थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा दुधकोशी पारी सोताङ तथा महाकुलुङ क्षेत्रमा रोकिएका गाडी वारि तारिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

दुधकोसी नदीमा आएको बाढीले थुलुङ दुधकोसी-८ र सोताङ-१ जोड्ने दिप्लीघाट स्थित बेलिबृज बगाएपछि सवारीसाधन कोशी पारीनै रोकिएका थिए ।
हाइड्रोपावरको सहयोगमा गरिएको उक्त कार्यमा ३ वटै पालिकाका जनप्रतिनिधिसहित कर्मचारीहरु सकृय भएका थिए । सवारीसाधन कोशी नदि तारेपछी यातायात व्यवसायीले सबैलाई धन्यवाद दिएका छन ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार ००:००