गृह पृष्ठ

सोलुखुम्बु,ओखलढुंगा र खोटाङको खेलको हब बन्दैः अध्यक्ष असिम राई


२६ पुस २०८१, शुक्रबार ००:००


सोलुखुम्बुको थुलुङ दुधकोशीमा छैटौं अध्यक्ष रनिङ शिल्ड तथा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

उहाँका अनुसार अध्यक्ष कपका लागि संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको छ । कार्यक्रममा मनोरञ्जनका लागि सांगितिक साँझको समेत आयोजना गरिने भएको छ ।

सांगितिक कार्यक्रमको लागि स्थानिय कलाकारको साथमा ख्याती प्राप्त गायक कुमार प्रयास, शिव परियारको उपस्थिति रहने भएको छ । प्रतियोगित पौष २९ गते सम्म जारी रहने भएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रदेश सांसद गोम्बु शेर्पाले थुलुङ दुधकोशीले आर्थिक, भौतिक र साहित्य तथा खेलकुदको क्षेत्रमा उल्लेखेनीय काम गर्दैै आएको बताउदै भौतिक हिसाबले जिल्लाकै पहिलो पालिका भएको बताएका छन ।

संविधान अनुसार चल्ने भएकाले नै थुलुङ दुधकोशी जिल्लाको मात्र नभई देशकै नमुना पालिका भएको उहाँले दाबी गरेका छन । खेलकुद भनेको राष्ट्रको अनिवार्य आवश्यकता भएकाले राज्यले भरपुर लगानी गर्नु पर्ने उहाँले बताएका छन ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सोलुखुम्बु,ओखलढुंगा र खोटाङको खेलको हब बन्दै गरेको बताउनु भएको छ । साथै थुलुङ दुधकोशीमा बन्न लागेको खेल मैदानको जिल्लाको मात्रै नभइ अन्तजिल्लला कै ठुलो भएको भन्दै उहाँले शिक्षाको, स्वास्थ्यको र खेलमैदानको केन्द्र बिन्दु भएको दाबी गर्नुभयो ।

प्रकाशित : २६ पुस २०८१, शुक्रबार ००:००