सोलुखुम्बु जिल्लामा रहेको २५ वटा अतिरिक्त हुलाक कार्यलय सरकारको निति अनुसार खारेज हुने भएका छन् । सरकारले २०८०/८१ को निति तथा कार्यक्रममा चालु खर्च घटाउने प्रयोजनका लागि अतिरिक्त हुलाक खारेज गर्ने निति लिएसँगै जिल्लाका २५ वटा अतिरिक्त हुलाक कार्यालय एकै साथ बन्द हुने भएका छन् ।
हरेक पालिकाको केन्द्रमा ईलाका हुलाक रहने भए पनि हालका २५ वटै अतिरिक्त हुलाक भने खारेज हुने जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख नारायण पोख्रेलले जानकारी दिनुभयो । अतिरिक्त हुलाकमा कार्यरत ७८ जना कर्मचारीको जागिर भने गुम्ने भएको छ । कर्मचारीहरुले जागिर थमौतिको लागि आन्दोलनको तयारी गरे पनि सरकारले भने अतिरिक्त हुलाकका कर्मचारीहरुलाइ अवकाश दिने तयारी गरेको छ ।
जिल्लमा साधारण चिठि आदानप्रदान हुन छाडेको तथा सरकारी पत्रहरु भने महिनामा ५ सयको हाराहारिमा आउने गरेको कार्यालय प्रमुख पोख्रेलले बताउनु भयो । रजिष्ट्रार चिठिहरु आए पनि कपि छिठिको चलन भने हराउँदै गएको छ ।










प्रतिक्रिया