मुख्य खवर

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादी केन्द्रका उम्मेदवार विजयी


२ जेष्ठ २०७९, सोमबार ००:००


काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशीमा माओवादी केन्द्रका असिम राई विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

माओवादीका राईले ४०४९ मत ल्याएर उपाध्यक्षमा सविता राईले ३८०० मत ल्याएर निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका वीरबहादुर गुरुङले ३५११ मत उपाध्यक्षमा एककुमारी बस्नेत कार्कीले ३५२३ मत ल्याएर दोस्रो भएका छन् । नेकपा एमालेबाट अध्यक्षमा आङबाबु राईले १६०१ मत र उपाध्यक्षकी उम्मेदवार कल्पना गिरीले १७४६ मत ल्याएकी छन् ।

@@@@@@@

वडा नं. १ का वडाध्यक्ष – घनराज सुनुवार (नेपाली काँग्रेस)
वडा नं. २ का वडाध्यक्ष – युजन वस्नेत (माओवादी केन्द्र)
वडा नं. ३ का वडाध्यक्ष – इन्द्रमणि (राजन) दाहाल (नेपाली काँग्रेस)
वडा नं. ४ का वडाध्यक्ष – श्याम गुरुङ (नेपाली काँग्रेस)
वडा नं. ५ का वडाध्यक्ष – चन्द्र बहादुर राई (माओवादी केन्द्र)
वडा नं. ६ का वडाध्यक्ष – महेन्द्रदीप राई (नेपाली काँग्रेस)
वडा नं. ७ का वडाध्यक्ष – भाेजराज कार्की (माओवादी केन्द्र)
वडा नं. ८ का वडाध्यक्ष – राजेश किराती (माओवादी केन्द्र)
वडा नं. ९ का वडाध्यक्ष – सनकुमार तामाङ (माओवादी केन्द्र)
विजयी सम्पूर्ण वडासदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे लागि शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार ००:००