गृह पृष्ठ

सोलुखुम्बुको फोर्चेमा ट्रेनिङ अफ टे«नरको १० दिने तालिम सम्पन्न


२५ मंसिर २०७९, आइतबार ००:००


सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिका फोर्चेमा ट्रेनिङ अफ टे«नरको १० दिने तालिम सम्पन्न भएको छ ।

टीआइटीआइ (ट्रेनिङ इस्टिच्युुड अफ टेक्नीकल इन्ट्रक्सन) सँगको समन्वयमा खुम्बु क्लाम्बीङ सेन्टर सोलुखुम्बुले आयोजना गरेको तालिम आज सम्पन्न भएको हो ।

विद्यार्थीहरुलाई लेखन शैलि, प्राविधिक ज्ञान साथै सीपमूलक तालिम प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको तालिममा उत्तम शर्मा लुईटेल र कोर्ष कोर्डिनेटर विकास मरासिनीले प्रशिक्षण दिनुभएको आयोजकले जनाएको छ ।

खुम्बु पासाङ ल्हमु गाउँपालिका वडा नम्बर ४ फोर्चे स्थित खुम्बु क्लाम्बीङ सेन्टरको हलमा सञ्चालित तालिममा १५ जना प्रशिक्षार्थीहरु सहभागि रहेको खुम्बु क्लाम्बीङ सेन्टर सोलुखुम्बुका सचिव कुन्सल शेर्पाले जानकारी दिनुभयो

डिसेम्बर १ देखि १० अर्थात मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्म सञ्चालित तालिममा पाङबोचे, नाम्चे, थामे र काठमाडौँबाट सहभागि प्रशिक्षार्थीहरुले तालिमबाट महत्वपूर्ण कुरा सिकेको प्रतिक्रिया दिदै आगामि दिनमा पनि यस्ता तालिम सञ्चालन गर्न आग्रह समेत गरेका थिए ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार ००:००