सोलुखुम्बु – सोलुखुम्बुमा राम संर्घष किराँतीको संयोजकत्वमा कोशी प्रदेश नाम खारेज संर्घष समिति गठन गरिएको छ । कोशी प्रदेश पुनः नामकरण संर्षष समिति सचिवालय सदस्य ल्हाक्पा शेर्पाको उपस्थितीमा आज शनिबार सल्लेरीमा सम्पन्न भेलाले किराँतीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
नव गठित समितिको सहसंयोजकमा मिङमार शेर्पा, सचिवमा गणेश नाछिरिङ र कोषाध्यक्षमा सारदा माया तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा जिल्ला स्थित जातीय संस्थाका अध्यक्षहरु सदस्य हुने जनाइएको छ । समिति मार्फत कोशी प्रदेश नाम खारेजी अभियानलाई तिब्र बनाउने, कोशी प्रदेश राखिएको बोर्डहरु हटाउने, पहिचान र सभ्यता र इतिहासको आधारमा पुनः नामकरण गराउने नवनिर्वाचित संयोजक किराँतीले बताउँनुभयो ।










प्रतिक्रिया