नेकपा (एमाले) सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आज सम्पन्न एक कार्यक्रमबीच उम्मेद्वार परिचय तथा विभिन्न पार्टी परित्याग गरि दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आयोजित कार्यक्रममा नवप्रबेशीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एबम् पूर्ब उपप्रधानमन्त्री ईश्वर पोखरेलले खादा र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजबादी सोलुखुम्बुका सचिवालय सदस्यद्वय सोनाम ग्याल्जेन शेर्पा र तेञ्जिङ शेर्पा प्रवेश गरेका छन् । सोनाम वाङ्छेन जिल्ला युवा बिभाग प्रमुख र तेञ्जिङ जिल्ला प्रचार बिभाग प्रमुख हुन्।
त्यसै गरी नेकपा माओवादी केन्द्र परित्याग गरी थुलुङ दुधकोशी गाउँपालिकाका माओवादी केन्द्रका कार्यकर्ताहरु क्रमशः टेलिन राई, सम्पुर राई, दिपेश राई र प्रभातले पनि पार्टी परित्याग गरि नेकपा (एमाले) पार्टीमा प्रवेश गरेका छन् ।
त्यसैगरी, नेकपा माओवादी केन्द्र जिल्ला समिति सोलुखुम्बुका सदस्य तथा महाकुलुङ वडा नं(१ का निर्बाचित वडाध्यक्ष बिकास ९आसमान० राई,नेकपा माओवादी केन्द्र किराँती राष्ट्रिय मुक्ति मोर्चाका उपसंयोजक रामबहादुर राई,नेकपा माओवादी केन्द्र महाकुलुङ गाउँपालिका कमिटी सचिवालय सदस्य हिरासिंह राई पनि नेकपा एमालेमा प्रवेश गरेका छन्।
त्यसैगरी, नेपाली कांग्रेस परित्याग गरि प्रकाश रानामगर, नरभूपाल रानामगर,ढाल बहादुर मगर, प्रकाश रेग्मी मगर र तुलबहादुर रानामगर रहेको सम्पर्क मञ्चका अध्यक्ष नन्दराज बास्तोलाले जानकारी दिए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एबम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई, प्रदेश निर्बाचन क्षेत्र क र ख का उम्मेदवार क्रमशः उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी, प्रदेश कमिटी सदस्यहरु बच्चुनारायण श्रेष्ठ, कुमार राई, पोस्टकुमार कार्की, महेश किराँती, डीबी रानापाल जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, प्रदेश सम्पर्क समन्वय कमिटीका नेताहरु नन्दकुमार राई, टपेन्द्र कार्की, जिल्ला कमिटी सचिब आशकुमार राई शिशिर, उपसचिव मिङमाछिरी शेर्पा र सचिवालय सदस्य बुद्धिकिरण राई लगायत अन्य नेताहरुको उपस्थिति रहेको छ ।










प्रतिक्रिया