सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रका ११ किसानलाई उन्नत जातको बोका वितरण गरेको छ । नस्ल सुधारका लागि नगरपालिकाले विभिन्न वडाका ११ वटा फमलाई आज शनिबार एक÷एक वटा ठिमाहा बोयर जातको बोका वितरण गरेको हो ।
व्यवसायिक बाख्रा पालनमा समेत टेवा पु¥याउने उदेश्यले वितरण गरिएको उक्त बोकाका लागि ८० प्रतिशत नगरपालिका र २० प्रतिशत किसानले बेहोरेको जनाइएको छ । जसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको थियो । बाख्रा पालनबाट किसानको आर्थिक स्थिती उकास्न सकिने सम्भावनालाई ख्याल गर्दै उन्नत जातको बोका वितरण गरिएको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताए ।
उन्नत जातका पशु पालनमा अग्रसर हुन चहाने किसानलाई नगरपालिकाले सहयोग गरिरहेको उनको भनाई छ । ११ वटै वडामा एक/एक वटाका दरले वितरण गर्ने योजना रहेपनि वडा नम्बर २ र ४ बाट कुनै पनि आवेदन नपरेको नगर उपप्रमुख गान्धी माया तामाङले बताइन् ।
अनुदानको भरपुर सदुपयोग गर्न आग्रह गर्दै त्यसको नगरपालिकाले निरन्तर निगरानी गर्ने नगर स्तरीय अनुगमन समितिका संयोजक समेत रहेकी तामाङले बताइन् । नेपाल बाख्रा पालन महासंघ सोलुखुम्बुका अध्यक्ष आङ काजी शेर्पाले स्थानीय सरकारले बाख्रा पालनको क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्दै यसले व्यवसायिक बाख्रा पालनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्ति गरे ।
नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरिएको वितरण कार्यक्रममा नगर प्रमुख शेर्पा, उपप्रमुख तामाङ, बाख्रा पालन महासंघका अध्यक्ष शेर्पासहित, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राई लगायतको उपस्थिती थियो ।











प्रतिक्रिया