Breaking News Post

सौन्दर्य बढेको न्यूरोडमा यतिबेला विद्युतीय तार भूमिगत गर्ने काम धमाधम


६ मंसिर २०८१, बिहिबार ००:००


काठमाडौं, फुटपाथ विस्तारसँगै सौन्दर्य बढेको न्यूरोडमा यतिबेला विद्युतीय तार भूमिगत गर्ने काम धमाधम भइरहेको छ। राजधानीमो मुटु मानिने न्यूरोडलाई काठमाडौं महानगरपालिकाले विशेष महत्व दिँदै आएको छ। फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नु परेको थियो।

अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरु भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ। काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गर्न खोजेको थियो। तर व्यवसायीहरूले व्यापार घाटा भएको भन्दै विरोध जनाउँदा लामो समयसम्म विवाद भएको थियो।

फुटपाथ विस्तार गरेसँगै त्यहाँ अव्यवस्थित तारहरू र बिजुलीका पोलहरू हटाइएको छ। त्यसलाई भूमिगत गरेसँगै अहिले न्यूरोड सडक नयाँ देखिएको भन्दै चर्चामा छ। फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नु परेको थियो। अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरू भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ।

प्रकाशित : ६ मंसिर २०८१, बिहिबार ००:००