गृह पृष्ठ

स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो


१७ चैत्र २०८१, सोमबार ००:००


काठमाडौँ, त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ । निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो।

निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो। त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका निर्वाचन हुन सकेको छैन।

प्रकाशित : १७ चैत्र २०८१, सोमबार ००:००