Breaking News Post

हतकडीसहित फरार महिलालाई भारतबाट पक्राउ,२ जना प्रहरी निलम्बन


१५ बैशाख २०८२, सोमबार ००:००


कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे । उनकाअनुसार दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् ।

हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ । दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।

प्रकाशित : १५ बैशाख २०८२, सोमबार ००:००