खेलकुद

हात्ती महोत्वसमा जंगली हात्तीकाे प्रवेश,धपाउने प्रयास


१५ पुस २०८१, सोमबार ००:००


काठमाडौं, चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा प्रवेश गरेको हो ।

कार्यक्रम स्थलबाट धपाउने प्रयास भइरहेको छ । तर, मकुना फर्कीफर्की आइरहेको छ । सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको छ ।

याे पनि पढनुहाेसः

काठमाडौं, दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको टेष्टमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार यो जानकारी दिएको हो । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दोस्रो टोली को हो भन्ने अझै स्पष्ट भइसकेको छैन। सेन्चुरियनमा भएको टेष्टमा दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध ८ विकेट गुमाएर १५० रन बनाएको थियो ।

टोलीलाई १४८ रनको लक्ष्य थियो । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले इनिङ्स सम्हाल्दै २६ बलमा ३१ रन बनाए । उनी अपराजित रहे । पाकिस्तानले पहिलो इनिङ्समा २११ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले ३०१ रन बनाएको थियो । पाकिस्तानको दोस्रो इनिङ्स २३७ रनमा मात्र सिमित भयो।

प्रकाशित : १५ पुस २०८१, सोमबार ००:००