गृह पृष्ठ

हेलिकोप्टर कम्पनीहरुले निकुञ्जले काटेको पत्रलाई बेवास्ता


२५ मंसिर २०७९, आइतबार ००:००


सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा राजस्व तिर्न बाँकी रहेको हेलिकोप्टर कम्पनीहरुले निकुञ्जले काटेको पत्रलाई बेवास्ता गरेका छन् ।

लामो समयदेखि करोडौ रकम तिर्न बाँकी रहेकाले निकुञ्जले गठन गरेको छानविन समितिले काटेको पत्रको कम्पनीहरुले बेवास्ता गरेको कार्यालयका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले राजस्व तिर्न ताकेता गरेर पत्र पठाएको हेलिकोप्टर कम्पनीहरु मध्ये कैलाश एयर बाहेक अन्यले पत्रको जवाफ दिएका छैनन् । जसका कारण छानविन समितिले तोकिएको समयमा निकुञ्जलाई प्रतिवेदन पेस गर्न नसकेको निकुञ्जको कार्यालयले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जमा करोड भन्दा बढी रकम बेरुजू देखिएपछि कार्यालयले हेलिकोप्टर कम्पनीहरुले तिर्न बाँकी रहेको राजस्वको विषयमा ताकेता गरेको हो ।

निकुञ्जले सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरे फागुन १३ गते भित्र अध्ययन प्रतिवेदन पेस गर्न समय दिएको थियो ।

तोकिएको समयमा प्रतिवेदन पेस गर्न नसकेपछि फागुन १९ गते सम्मको समय दिएको थियो । तर हेलि कम्पनीहरुले पत्रको बेवास्था गर्दा १९ गते पनि प्रतिवेदन बुझाउन नसकेको समितिले जनाएको छ ।

खुम्बु क्षेत्रमा कैशाख, सिम्रक, मनाङ, अल्टिच्यूट, डानाईष्टिक सहित एक दर्जज कम्पनीहरुको हेलिकोप्टर उडान हुने गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा उडान गर्ने हेलिकप्टर कम्पनीहरुलाई प्रति पटक तीन हजार रुपैयाँ र नेपाली पाइलटलाई एक सय रुपैयाँ, सार्क देशका पाइलटलाई एक हजार पाँच सय तथा अन्य देशकालाई तीन हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार ००:००