काठमाडौँ, कर्णाली डेभलपमेन्ट बैंक घोटालाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पुरा गरेको छ । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय, बाँकेमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
बैंकको सञ्चालक समितिका ३ जना अध्यक्ष र पदाधिकारीहरू मिलेर सो बैंकको ३ अर्ब २० करोड रकम अपचलन गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । कर्णाली डेभलपमेन्ट बैंक बाँकेको नेपालगन्जमा सञ्चालित छ । बैंक घोटालाबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापा नेतृत्वको टोली नेपालगन्ज गएको थियो ।
प्रहरीले १ सय ८ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । ३ जना सञ्चालक समितिका अध्यक्षहरू, ८ पदाधिकारी, ४ जना शेयर धनी र ४० जना ऋणीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न राय दिइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।
बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, वित्त प्रमुख वेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् । प्रहरीले १०४ जनालाई फरार कायम गर्न सिफारिस गरेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाइएको सीआईबीका एआईजी चन्द्र कुबेर खापुङले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धान प्रतिवेदन हामीले बुझाएका छौँ, मुद्दा अभियोजनको प्रक्रियामा गएको छ ।











प्रतिक्रिया