ताजा घटना

छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोज्ने बाबु पक्राउ


२० असार २०७८, आइतबार ००:००


छोरीलाई यौन दुर्व्यवहारका साथै जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । असार १८ गते राति आफ्नै छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तित नाम) ले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

राति साढे १२ बजेतिर राहुलले आफ्नै सहोदर छोरी सोनियालाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेम बहादुर शाहीले जानकारी दिए ।

जबरजस्ती करणी प्रयास भएपछि छोरीले नै प्रहरीले उजुरी दिएको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

यसअघि पनि पटकपटक उनले छोरीलाई यौन दुर्व्यवहार गर्नुका साथै करणी गर्ने प्रयास समेत गरेको पाइएको प्रहरीको भनाइ छ । तर बाबुको कर्तुतबारे बोल्दा इज्जतको डरले पीडितले कोही कसैलाई नभनेको प्रहरीमा बयान दिएकी छिन् ।

प्रकाशित : २० असार २०७८, आइतबार ००:००