काठमाडौं,गत शनिबारको दिन अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धावक अर्जुन कुलुङ र उसका रनर साथीहरू मिलेर बुढानिलकण्ठदेखि गोकर्णसम्म करिब १ सय किलोमिटरसम्म सरसफाइ गरेका छन् । बिहान करिब ४ घण्टा लगाएर विभिन्न प्लास्टिकजन्य फोहोरहरु चाउचाउको खोल,चक्लेट बिस्कुटको खोल लगायतका फोहोरहरु संकलन गरेर गोकर्णमा जम्मा गरि पोलेर व्यवस्थापन गरेका छन् ।

सोहि सरसफाइको अवसरमा अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धावक अर्जुन कुलुङले आफ्ना सबै रनर साथीहरूलाई रनिङ गियर्स समेत वितरण गरेका छन् । पदयात्रामा बालबालिका र युवाहरूको सहभागिता पनि बढि रहेको छ ।

शनिबार पदयात्रा आयोजना गरेको छ । उक्त पदमार्गमा झण्डै १० बोरा फोहोर सफाइ गरेको छ । संकलित फोहोर उचित ठाउमा व्यावस्थापन गरेको छ । सरसफाई कार्यक्रम अनुसार पदयात्रा र पदमार्ग सरसफाइ गरेको र यसमा सहभागी भएका अर्जुन कुलुङ राइले बताए ।

गन्तव्यमा हाइकिङ सहित सरसफाइ गर्ने गरेकाे र पदमार्गलाई सफा राख्नुपर्छ भन्ने सांकेतिक सन्देश दिन र पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुगेको छ । उक्त कार्यक्रमले स्वास्थ्यमा सचेतना र व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुगेको बताए । लामो पदमार्गमा रहेका प्लास्टिकजन्य फोहोर संकलन गरिएको थियो ।


https://www.facebook.com/100035423747027/videos/pcb.1287442879113158/579877614937289
https://www.facebook.com/100035423747027/videos/pcb.1287442879113158/2568070346733582
https://www.facebook.com/100035423747027/videos/pcb.1287442879113158/1139893244164603











प्रतिक्रिया