पोखरामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्र लक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । उनि बिहान साढे सातबजे घर को छतबाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरि रहेको प्रहरीले बताएको छ ।











प्रतिक्रिया