धनुषामा दुई छोराको ह’त्यापछि आमाले आ’त्महत्या गरेकी छिन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको ह’त्यापछि आ’त्महत्या गरेकी हुन् ।
धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर ह’त्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आ’त्महत्या गरेकी हुन् । गुडियाका श्रीमान् गुरुदेव साह बिहानै मजदुरी गर्नका लागि घरबाट बाहिर निस्केपछि दुई छोरासहित उनले आ’त्महत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनले यस विषयमा थप अ’नुसन्धान भईरहेको बताए ।











प्रतिक्रिया