गृह पृष्ठ

पर्वतको मोदीमा जिपलाई पहिरोले पुर्‍यो


२५ श्रावण २०८२, शनिबार ००:००


काठमाडौं, पर्वतको मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा एउटा जिपलाई पहिरोले पुरेको छ । पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा उक्त जिप बाटो हिलो भएपछि फसेको थियो ।

सो क्रममा माथिबाट आएको पहिरोले जिप पुरिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) राम प्रसाद सापकोटाका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

जिप फसेपछि त्यहाँ भएका मान्छेहरू सुरक्षित स्थानमा सर्नुभएको थियो,’ सापकोटाले भने, ‘केहीबेरमा माथिबाट पहिरो आएर जिप पुरिएको थियो । उनका अनुसार, घटना शनिबार दिउँसोको हो । अहिले जिप पहिरोबाट उद्धार भइसकेको पनि उनले जानकारी दिए ।

प्रकाशित : २५ श्रावण २०८२, शनिबार ००:००