Breaking News Post

तेक्वान्दो प्रशिक्षक दुर्गामान अन्र्तराष्ट्रिय रेफ्री बने


२५ कार्तिक २०८१, आइतबार ००:००


काठमाडाैँ, तेक्वान्दो प्रशिक्षक दुर्गामान तामाङ अन्र्तराष्ट्रिय तेक्वान्दो रेफ्री बनेका छन् । सेप्टेम्बर १७ देखि २१ सम्म काजाकास्तानमा भएको छनौटबाट उनले पुम्से, क्यूरागी अन्र्तगतमा डब्बल रेफ्रीमा उत्तिर्ण भएका हुन ।

उत्तिर्ण भएसंगैं उनले अन्तराष्ट्रिय तेक्वान्दो खेलहरुमा रेफ्री गर्न पाउनेछन् । वल्र्ड तेक्वान्दोले आयोजना गरेको सो छनौंटको परिणाम हिजो घोषणा गरेको थियो । यन्सुव तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक तामाङले सन २०१४ मा अन्र्तराष्ट्रिय ईन्स्ट्रक्टर समेत उतिर्ण गरिसकेका छन् ।

उनी हाल तेक्वान्दो काठमाडौं जिल्लाका सहसचिव साथैं कानून व्यवसायी समेत हुन् । तेक्वान्दोमा ५ डान हासिल गरेका तामाङले आफनैं निवासमा सय भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रकाशित : २५ कार्तिक २०८१, आइतबार ००:००