काठमाडौ,पर्सामा एक युवतीको निधन भएको लामो समय पछि उनको निधनको वास्तविकताले समाजलाई नै तरंगित बनाएको छ । छोरीले कथित तल्लो जातको युवकसंग प्रेम गरेको आशंकामा आमावुवाले नै छोरीलाई यो संसारवाटै विदा गरिदिएका छन् । दुर्घटना भएको देखाउन घरमै आगो लगाएका छन् ।
घटना तिहारको लक्ष्मीपूजाको दिनमा भएको हो । घटना भएको यति लामो समय पछि वास्तविकता वाहिर आएको हो । पर्साको बहुदरमाई न’गरपालिका ८ रामनगरीमा भएको आगलागीमा परि १५ वर्षीया माना कुमारीको निधन भएको समाचार सार्वजनिक भएको थियो ।
उनीहरु बस्ने फुसको घरमा आगलागी हुँदा मानाको निधन भएको बताइएको थियो । मनबोध साह तेलीको फुसको घरमा भएको आगलागीमा परि की १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको खबर प्रहरीले पाएको थियो । तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमाबुवाले नै छोरीलाई घरभित्रै जलाउन बनाएको नक्कली घटना भएको खुलेको छ ।
घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका गरेर अनुसन्धान अघि बढाएका थिए । घरमा आगो लाग्दा घरभित्र छोरी छ भनेर परिवारका सदस्य कसैले नभनेको प्रहरीले जनाएको छ ।युवतीकी भाउजुले दिएको बयानका आधारमा घटनाको रहस्य खुलेको हो ।
सासु लालमतीले नक्कली घटना बनाउन फुसको घरमा आगो लगाएको बयान बुहारीले दिएकी छन् । लालमतीका श्रीमान मनाबोध फ’रा’र छन् । छिमेकी युवकसंगै छोरीको सम्बन्ध रहेको आशंका गरेकी आमाले नै यस्तो योजना बनाएर बुवासंगको सल्लाहमै घटना गराएको बयान बुहारीले दिएकी छन् ।











प्रतिक्रिया