चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय खैरहनीका प्रमुख शालिग्राम पौडेललाई सेवाग्राहीका रुपमा आएका दुई युवाले मोसो छ्यापेका छन् । आज दिउँसो सेवाग्राहीका रुपमा कार्यालय प्रमुख पौडेलको छेउमा नै पुगेर उनीहरूले मोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य थालिएको बताए । दुई जनाले आएर कालोमोसो छ्यापेर भागेछन्, उनीहरुको खोजी जारी छ,’ एसपी पुरीले भने, ‘पहिचान पनि भैसकेकोले चाँडै समातिन्छन् । एसपी पुरीले किन उनीहरुले कार्यालय प्रमुख पौडेल माथि कालोमोसो छ्यापे भन्ने बारेमा खुल्न नसकेको बताए । घटनाको बारेमा थप बुझ्ने क्रममा रहेको उनको भनाइ छ ।











प्रतिक्रिया