काठमाडौँ, दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै अाज माइतीघर मण्डलामा अर्धनग्न जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेकाे हाे ।
करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन् । यति समयसम्म कानुन बन्दा समेत कार्यान्वयन नभएकाे भन्दै अाक्राेश पाेखेका छन ।
याे पनि पढनुहाेसः
काठमाडौँ,हर्क साम्पाङकाे समर्थनहरू माइतीघरमा अनसनरत रहेका छन । तत्काल प्रत्येक जनताद्धारा निर्वाचित कार्यकारी राष्टपति प्रणालीको व्यवस्था,तत्काल अनिवार्य स्वदेशको वस्तु प्रयोगको निती लागु गर जस्ता माग राखेर आरन राइ र ललित सेन कोँइच माइतीघरको मण्डलामा अनसन बसेका छन ।
देशको स्थीति दिनानु दिन बिग्रीदै गइरहेको र देश ऋणमा डुब्दै गइरहेको बेला देशलाइ भ्रष्टचारबाट जोगाउन अब एकजुट भएर आवाज उठाउनुपर्ने उहाँहरुको धारणा रहेको छ । काठमाडौँका मेयर बालेन शाह र धरानको मेयर हर्क साम्पाङले गरेको कामलाई सम्मान गर्दै उहाँहरुको सर्पोटर पनि रहेका बताएका छन ।
हर्क साम्पाङ र बालेन शाहले अब खोलिने नयाँ पार्टीमा उहाँहरुको पनि साथ सपोर्ट दिने पनि जनाएका छन । अबको चुनावको बिदेशमा रहेका नेपालीले पनी अनलाइनबाट भोट दिने व्यवस्था लागु गर्ने सरकार सग माग गरेका छन । मुलुकको राष्ट्रियता संकटमा रहेको, प्रजातन्त्र माथी कालो बादल लागेको छ र मुलुकको स्वाधिनताको रक्षाको लागि एक स्वतन्त्र नागरिकको रुपले देशको न्यायपूर्ण समाजमा रही जनताबाट निर्वाचित राष्टपति प्रणालीको व्यवस्था गर्नु पर्ने बताएका छन ।
राष्ट्रपतिय शासन प्रणालीमा मुलुकको सम्पूर्ण कार्यकारी शक्ति राष्ट्र प्रमुखमा रहेको हुन्छ्र सरकार प्रमुख र राष्ट्र प्रमुख एकै व्यक्ति हुने गर्दछ र ऊ जनताको प्रत्यक्ष मतबाट निर्वाचित भएको हुन्छ। त्यस्तै प्रणालीबाट अबकाे चुनाव हुनुपर्ने उहाहरूकाे एेजेण्डा रहेकाे छ ।
भ्रस्टाचारले मुलुक थिलथिलो भएको, युबा जति मलेशिया र खाडी मुलुक भासिएको, शान्ती सुरक्षा कमजोर रहेको, आर्थिक बिकास गफमा सिमित भएको भन्दै आरनले अकर्मण्यतालाई चेतावनी दिन जनताले पार्टी राजनिती भन्दा माथी उठेर निर्णय गर्नुपर्ने आबश्यकता औल्याए । सत्ता र शक्तिको निमित्त आत्मसमर्पणबादी मानसिकता हाबी भएकोमा चिन्ता प्रकट गरे ।
भ्रष्टचारले साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरू सित जोडिन्छ। भ्रष्टाचारलाई बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन्। भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घूसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन्। राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताको साथ कार्य गर्दा हुन्छ।
भ्रष्टाचार र अपराध सामाजिक घटनाहरू हुन् जुन विश्वव्यापी रूपमा लगभग सबै देशहरूमा विभिन्न अनुपातमा नियमित रूपमा देखा पर्दछन्। हालैका तथ्याङ्कहरूले भ्रष्टाचार बढ्दै गएको देखाउँछ। प्रत्येक राष्ट्रले भ्रष्टाचारको नियन्त्रण र नियमन र अपराधको रोकथामका लागि आन्तरिक स्रोतहरू विनियोजन गर्दछ।
नोट चल्ने भोट नचल्ने विभेदकारी निती हटाउनु पर्ने बताएका छन । विदेशमा रहेका नेपालीले मुलुकको अर्थतन्त्र धानिरहेको छन्। तर, राज्यले उनीहरूलाई विभेद गरिरहेको छ। भोटिङमा कुनै कानुनी झन्झट नहुनुका साथै व्यवस्थापनको दृष्टिले पनि सहज हुने देखाएको छ।’ भोटका लागि सहज पहुँच, वैधता र सुरक्षाको सुनिश्चिताका लागि अन्तर्रास्ट्रिय स्वतन्त्र संस्थाहरूको सहयोग लिन सकिने बताएका छन तर यसकाे सरकारले व्यवस्था नगरेकाे र यसलाइ छिटै लागु गर्नुपर्ने धारणा रहेकाे छ ।











प्रतिक्रिया