ताजा घटना

बेपता भएको १७ दिनपछि खत्रीको शब किरा परेको र सडेको अवस्था फेला


२ फाल्गुन २०७७, आइतबार ००:००


काठमाडौँ, बाके जिल्लामा रहस्यमय घटना घटेको छ । बाके जिल्लाको रापतेश्वर नगरपालिका वडा न:२ का २८ बर्षिया हेमराज खत्री बेपता भएको १७ दिनपछि रापतेश्वर नगरपालिका वडा न:५ कै घनघोर जंगलमा कुहिएको अवस्थामा शब फेला परेको छ।

औषधि लिन जान्छु भन्दै माघ १४ गते घरबाट निस्केको उनि त्यही दिनको दिउसो २ बजे बाट बेखबर रहेका थिए । शब भेटिएको ठाउँलाई हेर्दा शंकास्पद बस्तुहरु फेला परेको आफन्तले बताएका छन । आफुले चलाएको मोटरसाइकल सहित बेपता भएका खत्री आफुले बाया हात प्रयोग गर्दथे र उनले जहिले हेलमेट बाया तर्फ राख्दथे तर बाइकमा दाया तर्फ हेलमेट झुण्ड्याएर राखिएको अबस्थामा बाइक फेला परेको थियो ।

शब भेटिएको ठाउमा २ वटा चाउचाउ खोल एउटा पानीको बोतल केहि सुन्तला अनि चुरोट फेला परेको आफन्तले बताएका छन । उनले कहिले पनि सुर्तीजन्य पदार्थ सेवन नगर्ने उनि यसरी शव फेला परेको ठाउमा यस्तो बस्तुहरु फेला परेपछि घटना अझ शंकास्पद रहेको छ ।

केहि बर्ष अघि कान्छी श्रीमतीको रुपमा भित्र्याएका श्याम कुमारी चौधरीलाई भेट्न गएकै दिनदेखि बेपता हुनु र उनको घर नजिकैको जंगलमा शब फेला पर्नुमा उनको कान्छी श्रीमती रहेको आफन्तको भनाई रहेको छ ।

https://www.youtube.com/watch?v=9Jhp1gA6qO8&feature=emb_title

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००