ताजा घटना

दुई दिन देखि हराएकी बालिकाको शव खा’ल्डो खनेर पुरेको अवस्थामा फेला


२९ मंसिर २०७८, बुधबार ००:००


काठमाडौ, दुई दिन देखि हराएकी एक दुई वर्षकी बालिकाको शव फेला परेको छ । मोरङको रंगेली नगरपालिकावाट हराएकी बालिकाको शव खा ल्टोमा पुरेको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नगरपालिका २ स्थित चन्द्र उरावकी २ वर्षीया छोरी हुन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आइतबारबाट हराएकी दुई वर्षीया बालिका निशा उरावको शव उनकै घर नजिक खा ल्डो बनाएर पुरेको फेला परेको हो।
प्रवक्ता श्रेष्ठका अनुसार बुवा चन्द्रले छोरी हराएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए ।

उनीहरुले दुई दिन सम्म खोजी गर्दा पनि फेला पारेनन् । मंगलबार दिउँसो घरबाट करिब ६० मिटरको दूरीमा रहेको एक पैनीमा खो ल्टो ख’नेर बनाएर पुरेको अवस्थामा शव फेला परेको हो ।

मंगलबार बिहान पैनीमा ख’नेर माटो पुरेजस्तो देखिएपछि शंका लागेर प्रहरीलाई परिवारले बोलाएका थिए । माटो ख’न्ने क्रममा बालिकाको कपडा देखिएपछि प्रहरी बोलाइएको परिवारले जनाएका छन् । हाल प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार ००:००