Breaking News Post

सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले चलायाे डोजर


३१ श्रावण २०८२, शुक्रबार ००:००


काठमाडौँ, काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।

महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ । महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्ती भत्काएको छ । डोजरसहित पुगेको नगरप्रहरीले सुकुम्बासीका टहराहरु भत्काइदिएको हो ।

वर्षायाममा टहरा भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली भएको छ । वर्षामा ओत लाग्ने ठाउँ दिन स्थानीयले अनुरोध गर्दा पनि नगर प्रहरीले नमानेपछि स्थानीयसँग वादविवाद भएको छ ।टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको छ ।

प्रकाशित : ३१ श्रावण २०८२, शुक्रबार ००:००