Breaking News Post

रवि लामिछानेलाई नक्खु कारागार ल्याउने आजै निर्णय हुने


३२ श्रावण २०८२, शनिबार ००:००


काठमाडौं, कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ।

कारागार सरुवाका लागि निवेदन दिएका सभापति लामिछानेलाई आज नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले बताए। उनका अनुसार उक्त निर्णयको पत्र आजै रुपन्देही कारागारमा पठाइएको छ। ‘कारागार सरुवाको निर्णय गरेर आजै पत्र पठाइसकेका छौँ’, सूचना अधिकारी जोशीले भने, ‘सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने छ।

प्रकाशित : ३२ श्रावण २०८२, शनिबार ००:००