ताजा घटना

चाँगाथलीमा घरभित्रै एक द’म्पती मृ’त अवस्थामा फेला


६ माघ २०७७, मंगलबार ००:००


काठमाडौं, ललितपुरको महालक्ष्मी न’गरपालिका ७ लामाटारको चाँगाथलीमा घरभित्रै एक द’म्पती मृ’त अवस्थामा फेला परेका छन् । ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल बन्द कोठाभित्र मृत अवस्थामा भे’टिएका म’हानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

प्रवक्ता महर्जनका अनुसार प्रहरीको प्रारम्भीक अ’नुसन्धानले घरमा कोही नभएको मौका छोपी विष सेवनबाट आ’त्महत्या गरेको देखाएको छ। उनीहरु आफ्नो कोठामा मृ’त अ’वस्थामा भेटिएको घटनास्थलबाट प्रहरीले स्लफर नामको वि’षादीको बट्टासमेत फेला पारेको छ।

‘विष भेटिनुले आ’त्महत्यातिर नै अ’नुसन्धान केन्द्रित भएको छ। अन्य एङ्गलबाट पनि अ’नुसन्धान गरिरहेका छौं’ एसपी महर्जनले भने, ‘अहिलेसम्म उनीहरुको मृत्युको कारण भने खुलिसकेको छैन, अ’नुसन्धान भइरहेको छ।’ मृत भेटिएका द’म्पतीको श’व पोष्टमोर्टमको तयारी भइरहेको छ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००