गृह पृष्ठ

संघीय अन्तर्गतका संसदका तीन समितिको बैठक बस्दै


६ श्रावण २०८२, सोमबार ००:००


काठमाडौ, आज संघीय अन्तर्गतका संसदका तीन समितिको बैठक बस्दैछ। आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

आज बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल गरिने कार्यसूची रहेको छ।

यस्तै, दिनको २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल गरिने कार्यसूची रहेको छ। यसैगरी विधायन व्यवस्थापन समितिको ९५ औँ बैठकमा आज जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ। बैठक दिनको २ बजे भएको छ।

प्रकाशित : ६ श्रावण २०८२, सोमबार ००:००