Breaking News Post

लिपुलेक र कालापानीबारे भएको सम्झौतामा माओवादीले स्पष्ट माग


५ भाद्र २०८२, बिहिबार ००:००


काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबीच भएको उक्त सम्झौताले नेपाललाई दुःखित बनाएको बताए। उनले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने माग गरे। पाण्डेले राष्ट्रियताको संवेदनशील मुद्दामा सरकार मौन बस्न नसक्ने उल्लेख गर्दै भने,देशको सार्वभौमिकता र अखण्डताको सवालमा सदनलाई जानकारी दिन सरकारले ढिलाइ गर्नुहुँदैन ।

प्रकाशित : ५ भाद्र २०८२, बिहिबार ००:००