भारतको कर्नाटक शिवमोगा जिल्लामा एक खानी नजिकै भएको एक बि स्फो टमा परेका ८ जनाको शव भेटिएको छ। हताहतीको संख्या अझै बढ्न सक्ने बताइएको छ । भारतीय मिडिया आजतकका अनुसार त्यहाँ एक ट्रकमा राखिएको डा इ ना मा इ ट बि ष्फो ट भएको थियो । एक प्रहरी अधिकारी इमरान कुरैशीले मिडियासँग बोल्दै उक्त ट्रकमा भारी मात्रामा यस्तो पदार्थ राखिएको जानकारी दिएका छन् ।
उनका अनुसार ट्रकमा मजदुर पनि सवार थिए । कर्नाटकको शिवमोगा जिल्लाको डिस्ट्रिक्ट डेप्युटी कमिश्नर केबी शिवकुमारले भने, ‘हामीले पूरा इलाकामा घे रा ब न्दी गरिदिएका छौं । उनी भन्छन्, ‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कतिजनाको मृत्यु भएको छ ।
किनभने त्यहाँ बि स्फो टको दु र्ग न्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ । बिहिबार राती स्थानीय समयानुसार करिब साढे १० बजेतिर भएको यो आवाजलाई धेरैले भूकम्प ठाने । धेरे मानिसहरु आ–आफ्नो घरबाट बाहिर पनि निस्किए । कतिको घरको झ्यालको सि सा पनि फु टे को छ ।











प्रतिक्रिया