गृह पृष्ठ

शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए


९ श्रावण २०८२, बिहिबार ००:००


काठमाडौं, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। भोलि बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीसहित सरकारमा रहेका मन्त्रीलाई पनि बोलाइएको छ। बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

प्रकाशित : ९ श्रावण २०८२, बिहिबार ००:००