धनुषा, धनुषाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँमा एक युवक आफ्ना बुवा र श्रीमतीको ह’त्या गरेर गाडेको आ’रोपमा प’क्राउ परेका छन् । ५५ वर्षीय बुवा रा’मवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई ह’त्या गरेर गाडेको आ’रोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी प’क्राउ गरेको छ ।
प्रहरीले मृ’तक दुबै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डोमा गाडेको अवस्थामा फे’ला पारेको हो । भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए।
त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउकै आँपको बगैचामा खा’डल खनेर पुरेको जस्तो आ’लो माटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गाउँलेले देखाएको स्थानबाट श’व उ’त्खनन् गरेको छ ।
भागेन्द्र करिब १० वर्षदखि वैदेशिक रोजगारमा थिए। चार महिना पहिला मात्र उनी रोजगारीबाट घर फर्केका थिए। ससुरा र बुहारी बीच अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । घ’टनाबारे प्रहरीले अ’नुसन्धान भईरहेको जनाएको छ ।











प्रतिक्रिया