मुख्य खवर

राष्ट्रियसभामा निजामती सेवा विधेयकमा ४३ संसद्ले संशोधन प्रस्ताव


१० श्रावण २०८२, शुक्रबार ००:००


काठमाडौँ, राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा १६ समूहमा ४३ जना संसद्ले संशोधन प्रस्ताव राखेका छन् । नेकपा एमालेको तर्फबाट निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये ‘कुलिङ अफ पिरियड’को विषयमा प्रतिनिधिसभामा भएको सहमति भन्दा फरक संशोधन परेको छ ।

एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेको सार्वजनिक गरिएको संशोधन प्रस्तावमा उल्लेख छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ अफ पिरियडको समय २ वर्ष नै राख्नुपर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार ००:००