ताजा घटना

हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन : पूर्वराष्ट्रपति


१० श्रावण २०८२, शुक्रबार ००:००


काठमाडौँ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले भनिन, ‘मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन । उनले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि बाँकी जीवन कुनै सङ्गठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४५ वर्षदेखि आफू अबद्ध एमालेको सदस्यता नवीकरण गरेको समेत बताइन् । हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’, भण्डारीको भनाइ छ ।

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार ००:००