गृह पृष्ठ

रवि लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध गए उच्च अदालत


९ भाद्र २०८२, सोमबार ००:००


काठमाडौं, आफ्नो भागको बिगो बुझाएर रिहा गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा दिएको निवेदन अस्वीकृत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका छन् ।

जिल्ला अदालत रूपन्देहीले रविलाई थुनामै पठाउने आदेश गरेको थियो । यसविरुद्ध रविले उच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको निवेदन अस्वीकृत गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा छन् । उनको निवेदन उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको हो । रूपनन्देही कारागारमा रहेका लामिछानेलाई केही दिनअघि काठमाडौंको नख्खु कारागारमा सारिएको छ ।

प्रकाशित : ९ भाद्र २०८२, सोमबार ००:००