ताजा घटना

छु’रा प्र’हारबाट चौधरीको ह’त्या


१२ श्रावण २०७८, मंगलबार ००:००


मोरङमा छु’रा प्र’हारबाट एक युवकको ह’त्या भएको छ । फुटबल खेल्ने क्रममा भएको विवा’दको रि’सिबीका साँ’धेर भएको छु’रा प्र’हारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको ह’त्या गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार वि’वाद एवं झ’गडा भएकोमा आज दिउँसो उनीमाथि छु’रा प्र’हार भएको थियो ।
दिउँसो १ः १५ बजेतिर भएको छुरा प्रहारबाट अ’भिषेक ग’म्भीर घा’इते भएका थिए ।

ढा’ड लगायत शरीरका विभिन्न भा’गमा छु’रा हा’निएपछि ग’म्भीर घा’इते भएका उनलाई उपचारका लागि पुर्याइएको थियो । तर झापाको बि’र्तामोडस्थित बीए’न्डसी अ’स्पतालका चि’कित्सकले उनलाई अस्पताल पुर्याउने बित्तिकै मृ’त घो’षित गरेको डीएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला ६–७ जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छु’रा हा’नेका हुन् । छु’रा प्र’हार र आ’क्रमणबाट अ’भिषेकसँगै रहेका २१ वर्षीय सुशन धा’मी पनि घा’इते भएका छन् ।

छु’रा प्र’हारबाट सु’शनको पनि शरीरका विभिन्न भागमा चो’ट लागेको डीएसपी श्रेष्ठको भनाइ छ । अवस्था मध्यम रहेका उनको उर्लाबारीकै अरनिको अ’स्पतालमा उपचार भइरहेको छ । घ’टनास्थलमा पुगेको प्रहरीको टोलीले घ’टनामा सं’लग्न भएको आ’शङ्कामा १८ वर्षीय निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घ’टनाको अनु’सन्धान थालेको छ ।

घ’टनामा सं’लग्न अरू युवाहरू फ’रार रहेका कारण खोजी भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार युवाहरूबीच फु’टबल खेल्ने क्रममा आ’इतबार झगडा भएको खुलेको छ । वि’वाद त्यतिबेलै मिलाइएको भए पनि रिसइबी साँ’धेर बसेको समूहले भने भो’लिपल्ट अर्को पक्षका अ’भिषेकमाथि छुरा हानेका थिए । उनले घ’टनाका बारेमा गम्भीर ढङ्गले अ’नुसन्धान थालिएको जानकारी दिए।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार ००:००