गाँजाबाट नेपाली भाइ बिपीन जोशीको रिहाइको लागि इजरायलीहरु सगैँ नेपालीहरू सडकमा विराेध प्रर्दशन गरेका छन । ७ अक्टोबर २०२३ बाट विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा बिपिन जोशीको रिहाइको माग गर्दै मौन पोष्टर, ब्यानर प्रदर्शन आयोजना गरेका हुन ।
उनीहरुले बिपिन जोशी हमासको कब्जामा परेको लामो समय भइसक्दा पनि सरकारले उनको रिहाइको उचित कुटनैतिक पहल गर्न नसकेकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका छन्।
उनीहरुले सरकार भ्रष्टाचार, कुशासन र शक्ति संरक्षणमा मात्र केन्द्रित भइ नागरिकको सुरक्षामा संवेदनशील बन्दै गएको भन्दै यस्तो संकटको बेलामा सरकार मौन बस्नु राजनीतिक असफलता मात्रै नभइ मानवीय असंवेदनशीलताको उदाहरण भएको आरोप लगाएका छन्
मानवताको पक्षमा, न्यायका लागि र बिपिनको सुरक्षित रिहाईको समर्थनमा भएको शान्तिपूर्ण कार्यक्रममा इजरायलमा रहेका नेपालीहरु उपस्थित भएर ऐक्यबद्धताका जनाएका थिए। आफूहरुका मौन प्रदर्शन बिपिनको आवाज बनोस् भन्दै उनीहरुले कामना गरका थिए।
गाँजाबाट सुनिता गुरूङ लेख्छिन – नेपाली भाइ बिपीन जोशीको रिहाइको लागि आज इजरायली हरु सङ्गै सडकमा हामि उभियौ मलाइ थाहा छैन हामि उभियौ मलाइ थाहा छैन दुनियाको कानुन नियमले के भन्छ ? कुटनिती राजनिती के हो मलाइ थाहा छैन तर यत्तिको बर्ष हुँदा सम्म बिपीनको खबर केही थाहा पाइएन बिपीनको परिवारलाइ कति पिँडा भयो होला ? यो कुराले मलाइ धेरै रात निद्रा लागेन अनि जे सुकै होस भनेर हामि नेपाली दाजु भाइ बैनीको साथमा म यता गय साथ दिने दाजु भाइ बैनीलाइ धेरै धन्यवाद 🙏कृपया चाँडो भन्दा चाँडो बिपीनको यथार्थ बाहिर ल्याइदिन सम्बन्धित निकाय सङ्ग हामी बिनम्र अनुरोध गर्दछौ ।












प्रतिक्रिया