गृह पृष्ठ

विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारीकाे कालोपट्टी बाँधेर धर्ना


१४ श्रावण २०८२, मंगलबार ००:००


काठमाडौं, नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले दुई वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ।
शान्तिपूर्ण रूपमा आयोजित धर्नामा सहभागी कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए ।

संघर्ष समितिका अनुसार, प्राधिकरण सञ्चालक समितिको २०७९ साउन ३१ गते बसेको ९४९ औं बैठकले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरिसकेको थियो ।

सो निर्णय कार्यान्वयन गर्ने विषयमा पटक–पटक सहमति र सम्झौता भए पनि अहिलेसम्म कार्यान्वयन नभएको समितिको गुनासो छ। प्राधिकरणले पटक–पटक सहमति जनाउँदै पनि सम्झौताको पालना नगरेपछि दबाब सिर्जना गर्न हामीले कालोपट्टीसहितको शान्तिपूर्ण धर्ना दिएका हौं, संघर्ष समितिले जनाएको छ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार ००:००