ताजा घटना

बिराटनगरमा एम्बुलेन्स दु ‘र्घ’टना, एकजना बिरामीको मृ;त्यु


१५ मंसिर २०७७, सोमबार ००:००


विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित एम्बुलेन्स दुर्घटनामा परेर उपचारका लागि लगिएका बिरामीको मृत्यु भएको छ । सडकमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएर आज राती करीब १ बजे दुर्घटनामा परेर बिरामीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।

उनका अनुसार दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो । एम्बुलेन्स लहरीमा ठोक्किएपछि भएको दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगेका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार ००:००