गृह पृष्ठ

सोलुमा पहिलो पटक टिएसडब्लु(TSW)ले गर्‍यो विद्यार्थीको जीवन शिक्षा विमा


२९ बैशाख २०८०, शुक्रबार ००:००


हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक टिएसडब्लुले विद्यार्थीको जीवन शिक्षा विमा गराएको छ । उक्त गैरसरकारी संस्थाले जिल्लाको महाकुलुङ गाउँपालिका स्थित अमर ज्योती आधारभूत विद्यालय चाचालुङका १७० जना विद्यार्थीको १० वर्षे जीवन शिक्षा विमा गराएका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पन्च राम राईको सभापतित्व तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सबै विद्यार्थीलाई प्रति विद्यार्थी एक दर्जनका दरले कापी पनि वितरण गरिएको टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस नेता गणेश बस्नेत, महाकुलुङ गाउँपालिका ५ का वडा अध्यक्ष महल सिंह राई ,सोताङ गाउँपालिका ४ का वडा अध्यक्ष दिप राईका साथै शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार ००:००