सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ का ४ सय बढी विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरिएको छ । माप्य दुधकोशीको सगरमाथा माविमा अध्ययनरत ४५० जना विद्यार्थीलाई आज मंगलबार मनभिसो फाउन्डेसनले एक एक सेटका दरले पोषाक वितरण गरेको हो ।
विगत ६ वर्षदेखि सो क्षेत्रको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गैरसरकारी संस्था मन भिसोले विद्यालयमा एक कार्यक्रमका विच कपडा वितरण गरेको संवाददाता देवि प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार कार्यक्रममा फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा, जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया