गृह पृष्ठ

महाकुलुङमा ४ दिनदेखि जारी मल व्यवस्थापन तालिम सकियो


११ जेष्ठ २०८०, बिहिबार ००:००


सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा गोठमल तथा कम्पोष्ट मल निमार्ण तथा ब्यस्थापन सम्बन्धी तालिम सकिएको छ । चालु आर्थिक बर्ष २०७९/८० को विनियोजित रकमबाट गत आईतबारबाट सुरु भएको तालिम आज बुधबार सकिएको हो ।

पालिकाले विनियोजित ९० हजार बजेटबाट ५ वटै वडामा तालिम सञ्चालन गरेको संवाददाता झलक राईले जानकारी दिए । जसमा गत आईतबार वडा नम्बर १ र २ मा, सोमबार ४ र ५ मा र बुधबार वडा नम्बर ३ छेस्काममा तालिमको आयोजना गरिएको गाउँपालिका कृषि अधिकृत ओस्ना कुलुङले बताइन् ।

तालिममा ५ वटै वडाका गरी २१० जना कृषकहरुले सहभागिता रहेको थियो । तालिमपछि कृषकहरुले गोठे मल व्यवस्थापन र बनाउने तरिका बारे प्रस्ट भएको बताइएको छ ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार ००:००